कालिकोट । कालिकोटमा २० वर्ष पुगी बिहे गर्ने किशोरीलाई नगद १० हजार पैसा दिईने भएको छ । जिल्लाको खाँडाचक्र नगरपालिका १ ले २० वर्ष पुगी विवाह गर्ने किशोरीलाई १० हजार नगद प्रदान गर्ने भएको हो । नगरले २० वर्ष पुगी विवाह गर्ने किशोरीलाई बैंक खातामार्फत १० हजार दिने जनाएको छ । जिल्लामा सानै उमेरमा हुने बालविवाह र त्यसबाट किशोरीहरुले भोग्नुपर्ने दमन, शोषण आदिका साथै सानै उमेर हुने विवाह रोक्नको लागि नगरले यो यस्तो निर्णय गरेको हो ।
कर्णाली प्रदेश सरकारको सहयोगमा नगरले आफ्नो समुदायभित्र रहेका किशोरीहरुले २० वर्ष पुगेपछि विवाह गरेमा १० हजार दिन लागेको खाडाचक्र नगरपालिकाा सूचना तथा संचार प्रविधि अधिकृत दमनराज शाहीले बताए । यस नीतिले बालविवाह रोक्नका साथसाथै किशोरीहरुको शिक्षामा पनि योगदान पुर्याउने उनका भनाई छ ।


दर्शन खबर । २० मंसिर २०७९, मंगलवार