प्युठानमा एउटै गाउँका ४५ जना जन्ती बिरामी

प्युठान । प्युठानमा विवाहको भोज खाएका ४५ जना जन्ती बिरामी परेका छन । जिल्लाको प्यूठान नगरपालिका ६ माझकोटका मंसिर १७ गते शनिबार बगनासकाली गाउँपालिका–१, चिर्तुङधारा घोरबन्दास्थित दानबहादुर गाहाको छोरीको बिहे भोजमा सहभागी एउटै गाउँका ४५ स्थानीय बिरामी भएको वडाध्यक्ष नरेन्द्र पुन मगरले जानकारी दिए । उनीहरुमा ज्वरो, पखाला र वान्ता लाग्ने समस्या देखिएपछि सबैलाई सोमबार साँझ उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएको छ । जन्ती गएका ४८ मध्ये तीनजना बाहेक सबै बिरामी भएका छन् । बिरामी परेकाहरुको अवस्था भने सामान्य रहेको वडाध्यक्ष पुनले जानकारी दिए ।


तपाईको प्रतिक्रिया