वीरेन्द्रनगरको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस मापन

सुर्खेत । पछिल्लो समय देशमा न्यूनतम र अधिकतम तापक्रम क्रमशः घट्दै गएको छ । जाडो महिना सुरु भएसँगै तापक्रम घट्न थालेको हो । मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको विवरणानुसार आज बिहान जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम माइनस ३.९ डिग्री सेल्सियस छ । यस्तै, वीरेन्द्रनगरको न्यूनतम तापक्रम ७.५, दिपायल र ओखलढुंगाको न्यूनतम तापक्रम समान ८.५ डिग्री सेल्सियस छ । डडेलधुराको न्यूनतम तापक्रम ५.५, काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.८ डिग्री सेल्सियस मापन गरिएको छ ।

महाशाखाले हरेक दिन बिहान न्यूनतम र बेलुका अधिकतम तापक्रम मापन गरी सार्वजनिक गर्ने गर्छ । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नभएको महाशाखाले जनाएको छ । तराई भू–भागमा हुस्सुरकुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकाले चिसोबाट जोगिन आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाले सार्वजनिक गरेको विवरण हेर्नोस्

kdsfmgd1670299011.jpg


तपाईको प्रतिक्रिया