फाइल तस्बिर
दैलेख । दैलेखमा घडेरी खन्ने क्रममा सकेटबम फेला परेको छ । सोमवार विहान साँढे ९ बजेको समयमा जिल्लाको गुराँस गाउँपालिका वडा नम्बर १ खडकवाडा स्थित रतन बहादुर महतको घर बनाउने क्रममा शौचालयको पुरानो सेफ्टी ट्याङ्की भित्र बम फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । सकेटबम फेला परेको खवर पाउँन साथ उक्त स्थानमा प्रहरी टोली खटिएर सकेटबम सुरक्षित राखिएको र बमबारे कालिदत्त गुल्म काडाँचौर दैलेखलाई जानकारी गराईसकेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।


दर्शन खबर । १९ मंसिर २०७९, सोमबार