गुर्भाकोट बहुमुखी क्याम्पसको अध्यक्षमा डाँगी सर्बसम्मत निर्वाचित

सुर्खेत। सुर्खेतको गुर्भाकोट बहुमुखी क्याम्पस सहारेको पाचौं साधारण सभाबाट आइतवार नँया समिति चयन गरिएको छ । समितिको अध्यक्ष पदमा छबि डाँगी सर्बसम्मत निवाृचित भएका छन् । उनी गुर्भाकोटका युवा नेता, समाजसेवी साथै चौफारी सामुदायिक वनका अध्यक्ष समेत हुन् । नवनिर्वाचित अध्यक्ष डाँगी सहित सम्पुर्ण समितिलाई क्याम्पस परिवारका साथै अभिभावकहरुले हार्दिक बधाई एवम सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन । निर्वाचित अध्यक्ष डाँगीले आफुले नेतृत्व गरेको समितिले उच्चमनोबलका साथ जिल्लाको उच्चशिक्षालाई व्यवस्थित गर्दे मर्यादित ढंगले गुणस्तरिय शिक्षा प्रदान गर्ने तर्फ अधिकतम् प्रयासरत रहने उल्लेख गरे । पृथक सोच र नँया योजनाका साथ सामाजिक सद्भाव कायम राखी क्याम्पसको शैक्षिक, भौतिक क्षेत्रको उन्नयनमा काम गर्ने नवनिर्वाचित अध्यक्ष डाँगीले प्रतिबद्धता जनाएका छन् ।


तपाईको प्रतिक्रिया