कालिकोट । कालिकोटमा शिक्षक राख्ने विषयमा विद्यालय व्यवस्थापन समितिले गरेको पूर्व निर्णयलाई सांसद र मेयरको ठाडो दवावले जबर्जस्ती उल्ट्याईएको छ । जिल्लाको रास्कोट नगरपालिकामा को वडा नम्वर ८ बाँखरकोटको श्री मंगलादेवी आधारभूत विद्यालयमा शिक्षक राख्ने विषयमा विद्यालय व्यवस्थापन समितिले गरेको पूर्व निर्णयलाई सांसद र मेयरको ठाडो दवावले जबर्जस्त उल्ट्याईएको हो ।
आईतवार विद्यालयमा बसेको विद्यालय व्यवस्थापन समितिको वैठकले सांसद र मेयरको दवावमा वाध्य भएर आफ्नै पूर्व निणर्यहरु उल्ट्याएको व्यवस्थापन समितिले जनाएको छ ।
व्यवस्थापन समितिको वैठकले सांसद महेन्द्र वहादुर शाही र मेयर धर्मराज शाहीका नातेदार पर्ने खगेन्द्र शाहीलाई विद्यालयको खाली शिक्षक दरवन्दीमा ल्याउने षड्यन्त्र स्वरुप यस्तो निणर्य गरिएको बताइएको छ । विद्यालय व्यवस्थापन समितिले यसअघि २०७८ साल चैत्र १८ गते बसेको वैठकवाट विद्यालयमा खाली हुन आउने शिक्षक दरवन्दीमा गाउँकै ध्वजवहादुर विकलाई राख्ने पहिलो निर्णय गरेको थियो । यस्तै विद्यालय व्यवस्थापन समितिको यहि मंसिर १३ गते वसेको अर्को वैठकले विद्यालयमा खाली हुन पुगेको शिक्षक दरवन्दीमा विज्ञापन गरेर प्रतिस्पर्धावाट शिक्षक नियुक्त गर्ने दोस्रो निर्णय गरेकोे थियो । चैत्र १८ को निर्णय कार्यान्वय गर्न विज्ञापन मार्फत आगाडि वढ्न खोजेको भएपनि दवावका कारण त्यसो हुन नसकेको व्यवस्थापन समितिले वताएको छ ।
तर सो दुवै निर्णयलाई उल्ट्याउन चर्को दवाव दिर्दै आएका सांसद महेन्द्र वहादुर शाही र नगरप्रमुख धर्मराज शाही (पोषण)ले आफ्नो नातेदार व्यक्ति खगेन्द्र शाहीलाई आईतवार जवर्जस्ती शिक्षक राख्ने र सरुवा माग गर्ने निर्णय गराएका हुन् । शिक्षा तथा मानव श्रोत विकास केन्द्र शिक्षक व्यवस्थापन समन्वय शाखाले गरेको निर्णय देखि व्यवस्थापन समितिको निर्णय विरुद्ध दवावले यस्तो निर्णय गर्न वाध्य भएको व्यवस्थापन समितिका एक सदस्यले खुलासा गरेका छन । वैठकमा पाँच जना व्यवस्थापन समितिका सदस्यहरुको मात्र सहभागीता रहको थियो । यस्तै अरु व्यवस्थापन समितिका सदस्यहरुको सहभागीता पनि छैन र माइनटमा हस्ताक्षर पनि छैन । मंगलादेवी आधारभूत विद्यालयमा लामो समय देखि अध्यापन गराउदै आएका शिक्षक नन्दगोपाल वरालको उमेर हदवन्दीका कारण समयावधि सकिएपछि मंसिर ९ गतेवाट शिक्षक दरवन्दी खाली भएको थियो ।


दर्शन खबर । १९ मंसिर २०७९, सोमबार