भेरी नदीमा निर्माणाधिन काम समयमै सम्पन्न गर्न पुर्वमन्त्री विष्टको निर्देशन

सुर्खेत । पूर्वमन्त्री एवम् कर्णाली प्रदेशसभा सदस्य विन्दमान विष्टले बराहताल गाउँपालीका २ भेरीनदीमा निर्माणधिन फेरी निर्माणको काम समयमै सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन । आईतवार ठेकेदार कम्पनी र सडक डिभिजन सुर्खेतका ईन्जिनियर सहित फेरी निर्माण स्थल रानीघाट पुगेका सांसद विष्टले आगामी पौष भित्र फेरी सञ्चालनमा आउने गरी काम गर्न निर्देशन दिएका हुन । वीरेन्द्रनगर नगरपालीका वडा न.२ र बराहताल गाउँपालीका २ जोड्ने गरी भेरी नदिमा फेरी निर्माणको काम भईरहेको छ । यस अघि उक्त ठाउमा निर्माण गर्न लागिएको पक्कि पुल प्राविधिक कठिनाईका कारण रोकिएको थियो ।  पक्कि पुल निर्माण नभएसम्मका लागी विकल्पको रुपमा फेरी निर्माण गर्न लागिएको हो । सुर्खेत तेलपानी भुरीगाउ जोड्ने सडक अन्र्तगत पर्ने उक्त फेरी निर्माण पछि बराहताल गाउँपालीकाका अधिकांश नागरिकलाई वीरेन्द्रनगर आवतजावत गर्न सहज हुने छ । हाल भेरी नदिमा पुल नहुदा गाडी वारपार हुन सकेको छैन ।

६४ लाख लागतमा निर्माण हुन लागेको फेरी निर्माणको काम १/२ दिन भित्रै रफ्तारमा अघि वढ्ने बराह निर्माण सेवाका सञ्चालक अविरल रावतले बताए । भोलीदेखी नै निर्माण कार्य तिव्र बनाउछौ, उनले भने “आगामी पौष १५ भित्र फेरी सञ्चालनमा आउछ” सडक डिभिजन सुर्खेतका ईन्जीनियर तुलाराम शर्माले तोकिएको समयभित्रै फेरी निर्माण सम्पन्न गर्न कम्पनी लाई आग्रह गरेका छन । आगामी पौष भित्र फेरी सञ्चालनमा आउने गरी काम गर्न आग्रह गर्दै उनले आफ्नो तर्फवाट आवश्यक सहयोग गर्न तयार रहेको बताए । कर्णाली प्रदेशसभा सदस्य एवम प्रदेश सरकारका पुर्व आर्थिक मामीला मन्त्री विष्ट अधुरा काम सम्पन्न गर्न तर्फ सक्रिय बनेका छन । सुर्खेत क्षेत्र नम्बर २ बाट प्रदेश सभा सदस्यमा निर्वाचित विष्टले गत ५ वर्षे कार्यकालमा आफुले सुरुवात गरेका कामहरु यो कार्यकाल भित्र पुरा गर्नुपर्ने दायित्व रहेको बताएका छन ।

 


तपाईको प्रतिक्रिया