सुर्खेत । सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा ६ जना घाईते भएका छन् । शनिवार साँझ ७:५५ बजेको समयमा कालिकोटदेखि सुर्खेत आउँदै गरेको भे १ ज १००५ नम्बरको फोर्स गाडी बराहताल गाउँपालिका वडा नम्बर ८ को दमारे नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । दुर्घटनामा परी ५ जना घाइते भएका थिए । घाईतेहरु मध्ये १ जनाको जिल्ला अस्पताल सुर्खेतमा उपचार भईरहेको छ भने अन्य ५ जना उपचारपछि डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक सुरज कार्कीले बताए । गाडी चालक दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाका १ का २५ वर्षिय तपेन्द्र तामाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको डिएसपी कार्कीले जानकारी दिए ।


दर्शन खबर । १८ मंसिर २०७९, आईतवार