अनलाइन सञ्चार माध्यमलाई सुचिकरण र अद्यावधिक गर्न काउन्सिलको आग्रह

काठमाण्डौ। प्रेस काउन्सिल नेपालले काउन्सिलमा सूचीकरण भएका अनलाइन सञ्चार माध्यमलाई अद्यावधिक गर्न निर्दशन दिएको छ । काउन्सिलले आइतवार एक सुचना जारी गर्दै हालसम्म तीन हजार ७ सय ३ वटा अनलाइन सञ्चार माध्यम सूचीकरण भएको र उनीहरुलाई सूचीकरण अद्यावधिक गर्न अनुरोध गरेको हो । आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र सूचीकरण अद्यावधिक गर्नुपर्ने मापदण्ड रहेको स्मरण गराउँदै प्रेस काउन्सिल नेपालले सूचीकरण भएका सम्पूर्ण अनलाइन सञ्चार माध्यमले कागजातसहित पुस मसान्तभित्र सूचीकरण अद्यावधिक गर्न आग्रह गरेको हो । अन्यथा सूचीकरण अद्यावधिक नगरेमा सूचीकरणबाट हटाउने काउन्सिलको चेतावनी समेत दिएको छ ।

‘अनलाइन सञ्चार माध्यम सूचीकरण मापदण्ड २०७८ को बुँदा नं १० मा ’अनलाइन सञ्चार माध्यमले हरेक वर्ष, आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र आफ्नो न्युजपोर्टलको सूचीकरण अद्यावधिक गर्नुपर्नेछ’ भन्ने व्यवस्था रहेको हुँदा काउन्सिलमा सूचीकरण भएका सम्पूर्ण अनलाइन सञ्चार माध्यमले कागजातसहित पुस मसान्तभित्र सूचीकरण अद्यावधिक गराउन उक्त उपप्रशासकीय अधिकृत रामशरण बोहराको हस्ताक्षरित सुचनामा भनिएको छ । तोकिएको समयभित्र अद्यावधिक नभएका अनलाइन सञ्चार माध्यमलाई अद्यावधिक सूचीकरणबाट अलग राखिने उक्त सुचनामा उल्लेख गरीएको छ ।


तपाईको प्रतिक्रिया