हुम बहादुर कार्की सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर (क)प्रदेश सभा बाट साझा लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट मंसिर ४ गते निर्बाचित भएका प्रदेश सभा सदस्य खड्क पोख्रेल यति बेला गाउँ घर टोलटोलमा मतदाता सङ्ग भेटघाट गरि धन्यवाद दिदै जनताका आवश्यक विकास पुर्वाधारबारे डाटा संकलन गर्नु गर्नमा व्यस्त भएका छन् । मंसिर ४ गते सम्पन्न भएको निर्बाचनमा सुर्खेत क्षेत्र नम्बर १ (क) बाट प्रदेश सभामा उम्मेदवार बनेका पोख्रेलले १८ हजार २६३ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार ठम्मर बिष्टले १५ हजार १८८ मत ल्याएका थिए । पोख्रलले आफ्ना प्रतिद्वन्दी विष्टलाई ३ हजार ७५ हजार मतले पछि पार्दै प्रदेश सभा सदस्यमा जित हासिल भएका हुन् । यनी नेपाली काङ्ग्रेस जिल्ला सभापति समेत हुन ।पाँच दलिय गठबन्धनको तर्फ बाट सुर्खेत क्षेत्र नम्बर १ क प्रदेश सभामा निर्बाचित भए सङ्गै पोख्रेल यस क्षेत्रका प्रत्येक नगरपालिका पालिका वडा र टोलटोलका मतदाता तथा जनता बिच प्रत्यक्ष भेटघाट गरि शिक्षा स्वास्थ्य यातायात बिद्धुत खानेपानी कृषि लगाएत अलपत्र परेका योजना निर्माण कार्यलाई पहिलो प्राथमिकता का रुपमा अगाडि बढाइ प्रदेशबाट विकास लागि सक्दो सहयोग गर्नुपर्ने बताएका छन् ।
यसैगरि उनले प्रत्येक नगर वडा गाउँ र टोलका जनता सङ्ग भेटघाट गरि प्रत्यक्ष जनताका आवश्यक विकास बारे अबका दिनमा विकास निर्माणका लागि अघि बढ्ने बताए । सोही क्रममा गुर्भाकोट २ डाडागाउ खोलढाब भालुवडार लेकमालारानीका स्थानीयहरुले बालबिकास शिक्षा खानेपानी बिद्धुत स्वास्थ्य केन्द्र को स्थापना सडक स्तरोन्नति का माग राखेका छन । साथै गुर्भाकोट २ अवस्थित ऐतिहासिक लेकमालारानी गुफा लाई प्रदेश सरकारले गुफा सम्मको सडक लाई र गुफा भित्र थुप्रै मर्मत कार्य गरि पर्यटकिय स्थल बनाउन विशेष जोड दिन स्थानीयहरुले आग्रह गरेका थिए । यसैगरी स्थानीयहरु आफूले जिताएका माननीय घरदैलोमा आएको हुदा बिगत भन्दा अब बिकास निर्माण चाडै हुने आसा गरेका छन् ।
निर्वाचित पोख्रेल यतिबेला फरक तरिकाले जनताका घरदैलोमा पुगि जनता सङ्गै सुखदुःख साटासाट गरि जनता बिच भेटघाटमा लागि परेका छन । जनता भेटघाटमा प्रत्येक नगर वडा कार्यसमितिका टिम तरुन दल महिला संघ दलित संघ कृयाशिल सदस्य शुभचिन्तकहरुको साथ सपोर्ट रहेको जिल्ला सह सचिब प्रकाश डिसिलले जानकारी दिए । यसैगरी आइतवार नै गुर्भाकोट नगरपालिका वडा नम्बर १ का गाउँ बस्तीहरुमा मतदाता भेटघाट कार्यक्रम रहेको छ ।



दर्शन खबर । १८ मंसिर २०७९, आईतवार