डोल्पा । डोल्पामा १४ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । शनिबार दिउँसो प्रहरीले ठूलीभेरी नगरपालिका–५ का २६ वर्षीय कुमार बुढालाई पक्राउ गरेको जनाइएको छ । गएको बुधबार बुढाले ती बालिकालाई स्थानीय लाग्माको जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरीचौकी माझफालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


दर्शन खबर । १८ मंसिर २०७९, आईतवार