बाँके । बाँकेमा दुई जना युवतीको डुबेर मृत्यु भएको छ । शनिबार बयर टिप्न पुगेका बाँकेका राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुर डाँडा टेपरी बस्ने २२ वर्षीया कञ्चन थारु र १३ वर्षीया अर्चना थारुको राप्तीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । शनिवारदेखि वेपत्ता रहेका दुवै जनाको शव आइतबार बिहान राप्ती नदीमा फेला परेको हो । उनीहरुलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले फेला पारेका हुन ।


दर्शन खबर । १८ मंसिर २०७९, आईतवार