माधव नेपाल र कांग्रेस उपसभापति खड्काबीच भेटवार्ता

काठमाण्डौ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस उपसभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ । नेपालनिवास कोटेश्वरमा दुई नेताबीच भेटवार्ता भएको हो । खड्काको निजी सचिवालयले दिएको जानकारीअनुसार भेटमा वर्तमान सत्तागठबन्धनलाई नै नयाँ सरकार बनाउन निरन्तरता दिने विषयमा छलफल भएको थियो । सरकार गठन तथा स्थायित्वका लागि अन्य केही दललाई पनि गठबन्धनमा सहभागी गराउने विषयमा पनि छलफल भएको खड्काको निजी सचिवालयले जानकारी दिएको छ । भेटमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा दुवैले एकअर्कालाई बधाई दिएका थिए ।



तपाईको प्रतिक्रिया