लघुउद्यम कार्यक्रम संचालन गर्न सहकारीहरुलाई मेयर सुनारको सुझाव

सुर्खेत, ०६ भदौ ।
लेकवेशी नगरपालिकाका प्रमुख गगनसिंह सुनारले सहकारीहरुले लघुउद्यम कार्यक्रम सञ्चालन गर्ने तर पूर्णता नदिने प्रवृत्ति देखिएकाले यसको अन्त्य हुनुपर्ने बताउनु भएको छ ।
लेकवेशी नगरपालिका वडा नम्वर ९ मा नागरिक बहुउद्देश्यीय सहकारी संस्थाले सञ्चालनमा ल्याएको पहिलो सेवा केन्द्र उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख सुनारले यस्तो बताउनु भएको हो ।
सहकारी संस्थाहरुले सञ्चालन गर्ने कार्यक्रम समुदायका लागि महत्वपूर्ण हुने हुँदा स्थानीय तहको तर्फबाट पनि सक्दो सहयोग गरिरहेको उहाँले बताउनुभयो ।
संस्थाका अध्यक्ष सुदर्शन श्रेष्ठले भावी योजना कार्यान्वयन र चुनौती सामना गर्न संस्था प्रतिबद्ध रहेको बताउनुभयो । आगामी एक बर्ष्भित्र संस्थाले एक हजार जना सदस्यलाई सेवा तथा व्यावसायिक तालिमको व्यवस्था गर्ने श्रेष्ठले बताउनुभयो ।


तपाईको प्रतिक्रिया