सुर्खेत, ०६ भदौ । सुन्दर नेपाल संस्थाको २३ औं वार्षिक साधारण सभा शुक्रवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हेम प्रकाश भुषालको अध्यक्षतामा र कर्णाली प्रदेश सभाका सभामुख राज बहादुर शाही को प्रमुख आथित्यतामा साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभामा बोल्दै कर्णाली प्रदेश सभाका सभामुख राज बहादुर शाहीले सामाजिक संघ संस्था र सरकार एक आपसमा सहकार्य गर्दै अगाडी बढनु पर्ने बताउनु भयो । उहाँले आधुनिक राज्यमा प्रत्येक व्यक्तिका फरक फरक इच्छा राज्यले पुरा गर्नु पर्ने बताउनुभयो ।
सभाका अध्यक्ष हेम प्रकास भुसालले कार्यक्रमको समापन संघीय प्रणाली सुरु भयदेखि गर्दै सघ संस्था चलाउन अलि अष्ठारो भएको बताउनुभयो । संघ संस्था सञ्चालन गर्न कार्यविधि छलफलमा रहेको कुरा बताउनु भयो ।
सभामा संस्थाका सचिब हिरामणि पौड्यालले संस्थाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष माया कुमारी सापकोटाले संस्थाको आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो ।
संस्थाले आर्थिक वर्ष २०७५-७६ मा कर्णाली प्रदेश र काठमाडौ सहित ११ वटा जिल्लामा मा १५ कार्यक्रम सञ्चालन गरेको थियो । जम्मा ८९ जना कर्मचारी रहेको संस्थामा ३६ जना महिला सहित ७५ जना सदस्यहरु रहेका छन् । आर्थिक वर्ष २०७५-७६ मा जम्मा लाभान्वित घरधुरी २९६१५ रहेको छ ।
संस्थाले आर्थिक वर्ष २०७५-७६ मा कृषि, स्वास्थ्य, जिविकोपार्जन, सुशासन, खानेपानी तथा सरसफाई, नविकरणीय उर्जा न्यायमा पहुँच लगाएतका १५ वटा कार्यक्रहरु संचालन गरेको छ ।
जस अन्तर्गत संस्थाको कुल आय तर्फ रु. ८ करोड ८३ लाख ४७ हजार ३ सय २६ रुपैँया रहेको तथा खर्च तर्फ रु. ८ करोड ८३ लाख ३५, हजार १ सय ५रुपेँया रहेको छ ।आगामि आर्थिक वर्ष २०७६।७७ का लागी संस्थाले कुल रु. ८ करोड ८५ लाख ४९ हजार ७० रुपैँयाको को अुमानित आम्दानी प्रस्तुत गरेको छ ।
संस्थाले आर्थिक वर्ष २०७५-७६ मा उत्कृष्ट कार्य गरे वापत संस्थामा कार्यरत कर्मचारी द्घय श्री गगन खड्का र सुश्री तुलसा एल.जि. लाई सम्मानित गरेको छ । त्यसै गरि लाभान्वित समुदाय वाट श्रीमती किमसरा खड्का लाई सम्मानित गरेको छ । कार्यक्रममा पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेश कंचन भारतीले सिमित समयका कार्यक्रम मार्फत राम्रो सुरुवात गरेतापनी त्यसलाई निरन्तरता दिनका लागी स्थानिय सरकार संग सम्मन्वय गरि त्यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
त्यसै गरि नेदरल्याड विकास नियोगका सल्लाकार लेख विक्रम शाहले संस्थामा क्षमता विकास कार्यविधि बनाउदा राम्रो हुने कुरामा बताउनुभयो । निजि क्षेत्र संग सहकार्य गरेर काम गर्दा राम्रो हुने बताउनुभयो ।
सभामा लेकवेशी नगरपालिका वाड न ९ का वडा अध्यक्ष मान बहादुर खड्लुकले संस्थाले प्राथमिककरण गरेर कार्यक्रम ल्याएमा वडा र पालिकाले सहकार्य गर्न र सहयोग सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
जिल्ला सहकारी संघका अध्यक्ष अमृत बिसिले सभामा शुभकामना दिदै गैर सरकारी संस्थाहरुलाई कसरी अगाडी लैजाने त्यो विषयमा सरकारले सोच्नु पर्ने बताउनु भयो ।
सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्र कुमार के.सीले आफ्नो गाउँपालिका सधै गैर सरकारी संस्थासंग सहकार्य र समन्वय गर्न सधै तयार रहेको बताउनु भयो ।



दर्शन खबर । ६ भाद्र २०७६, शुक्रबार