कांग्रेस दुई पाटि जस्तो भयो एक बनाउन लागौँ, कांग्रेस सभापति देउवा

सुर्खेत, ०६ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस दुई पाटि जस्तो भएको बताउनु भएको छ । देउवाले पार्टी एकता गर्न आफू जहिले कटिवद्ध हरेपनि महामन्त्रीबाट साथ नपाएको समेत बताउनुभयो ।
कम्युनिष्ट एकहुँदै गइरहेका बेला कांग्रेस दुई पार्टी जस्तो भएकाले एक बनाउन आफू लागि परेको बताउनुभयो ।
कम्युनिष्ट शासन लाद्नमा अहिलेको सरकार उद्धत रहेकाले जनता निराश भएको सभापति देउवाले उल्लेख गर्नुभयो । उहाँले कम्युनिष्ट सरकारकै कारण देशमा भ्रष्टाचार बढेको पनि आरोप लगाउनुभयो । कम्युनिष्ट सरकार नसच्चिए जटिल अवस्थामा पुग्न लागेको मुलुकको रक्षाको लागि कांग्रेसले सडकबाटै आन्दोलनको आँधिवेहेरी ल्याउने चेतावनी दिनुभयो ।
यता, नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालले महाधिवेशन गुट–उपगुट भएपनि अबदेखी पार्टी एक बनाउने अभियानमा लाग्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले मुलुक र संविधानको रक्षा गर्ने जिम्मेवारी नेपाली कांग्रेसको भएकाले पार्टीका तिक्तात अन्त्य गर्दै एक बनाउने पार्टीका तिक्तात अन्त्य गर्दै एक बनाउने घोषणा गर्नुभयो ।
समापन कार्यक्रममा नेपाली कांग्रेसका उप–सभापति विमलेन्द्र निधि र महामन्त्री पूर्णबहादुर खड्काले पार्टी्भित्रको अन्तरद्वन्द्व अन्त्य गर्दै एक बनाउने अभियानमा लागेको बताउनुभयो । दुईदिनसम्म चलेको प्रशिक्षणमा कर्णालीका दश जिल्लाका महाधिवेशन प्रतिनिधिहरुको सहभागिता थियो ।


तपाईको प्रतिक्रिया