सुर्खेत ०६ भदौ ।
शान्ती सुरक्षालाई प्रभावकारी बनाउने भन्दै कर्णाली प्रदेश आन्तरिक तथा कानुन मन्त्रालयले प्रदेश प्रहरीलाई सवारि साधन हस्तान्त्रण गरेको छ । शुत्रवार आन्तरिक तथा कानुन मन्त्रालयले एक कार्यक्रमको आयोजना गरि कर्णाली प्रदेश प्रहरिलाई सवारि साधन हस्तान्त्रण गरेको हो । सवारी साधन खरिदका लागी विनियोजन भएको ८ करोड ९५ लाखमा पहिलो र दोस्रो चरणमा गरि करिव ६ करोड ३० मा १० वटा गाडी खरिद गरि हस्तान्त्रण गरिएको आन्तरिक तथा कानुन मन्त्रालयका लेखा अधिकृत मोहन जैसवालले जानकारी दिनुभयो ।
सवारि साधन ग्रहण गर्दै कर्णाली प्रदेशका डिआईजी पुर्णचन्द्र जोसिले आवश्यक्ताका धारारमा सवारि हस्तान्त्रण गरि कर्णालीको शान्ती सुरक्षालाई थप प्रभावकारी बनाउने बताउनुभयो ।
सवारि हस्तान्त्रण गर्दै आन्तरिक माहिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशका मन्त्री नरेश भण्डारीले कर्णालीको सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउने काम भईरहेको बताउनुभयो ।



दर्शन खबर । ६ भाद्र २०७६, शुक्रबार