
सुर्खेत । सुर्खेतमा लागु औषध सहित छुट्टाछुट्टै स्थानबाट पाँच जना पक्राउ परेका छन् । लागु औषध नियन्त्रण ब्युरो शाखा सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा वीरेन्द्रनगर नगरपालिका १० बुलबुलेबाट वीरेन्द्रनगर नगरपालिका १० का २५ वर्षिय गोरख शाही र सोही ठाउँका २५ बर्षिय सुदिप सुनारलाई विहिवार पक्राउ गरेको हो भने वुधवार वीरेन्द्रनगर नगरपालिका वडा नं ६ जुम्लारोड हार्दिक होटलबाट वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० बस्ने अंन्दाजी १८ वर्षिय ओसिम बक्स, बाँके नेपालगंञ्ज उपमहानगरपालिका वडा नम्बर १ का २७बर्षिय राजु अन्सारी र सोही ठाउँका २७ वर्षिय किशन कुमार वर्मालाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट प्लाष्टिक सहित ६ सय ९० मिलिग्राम र प्लाष्टिक बाहेक नापतौल गर्दा ५ सय ९० मिलिग्राम लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ फेला पारेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । पक्राउ परेका पाँचै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको सुर्खेत प्रहरीले जनाएको छ ।


दर्शन खबर । १५ मंसिर २०७९, बिहीबार