वीरेन्द्रनगरमा समाचार फिचर लेखनसम्बन्धि प्रशिक्षण सम्पन्न (फोटो फिचर)

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा ४ दिने समाचार फिचर लेखन सम्बन्धि प्रशिक्षण सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा सुर्खेतको संयोजनमा मंसिर १३ गतेदेखि संचालन भएको प्रशिक्षण शुक्रवार सम्पन्न भएको हो । उक्त कार्यक्रम नेपाल पत्रकार महासंघ सुर्खेत शाखा उपाध्यक्ष सुदीप पुरीको प्रमुख अध्यक्षता र नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालको प्रमुख अतिथिमा सम्पन्न भएको हो । समापन कार्यक्रममा मुख्य प्रशिक्षक वरिष्ठ पत्रकार चिरञ्जीवी अर्याल, नेपाल पत्रकार महासंघ सुर्खेत शाखा उपाध्यक्ष सुदीप पुरी, पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवाल र पत्रकार महासंघका केन्द्रीय सदस्य दिपेन्द्र शर्माले कार्यक्रममा मन्त्वय राखेका थिए । कार्यक्रममा बोल्दै उपाध्यक्ष पुरीले यस तालिमबाट सिकेको कुरा समाचार फिचर लेखनमा प्रयोग गर्न आग्रह गरे । उनले चार दिनको तालिममा समाचार फिचर लेखनमा पुर्ण जानकारी नहुने तर केही सहयोग पुग्ने जानकारी दिए । उक्त कार्यक्रम नेपाल पत्रकार महासंघ जिल्ला शाखा सुर्खेतका सचिव ललित वुढाको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रशिक्षणमा सहभागिलाई प्रमाणपत्र प्रदान गरि कार्यक्रमको समापन गरिएको थियो । ३० जना प्रशिक्षार्थी सहभागी रहेको कार्यक्रममा ३० जनालाई नै प्रमाणपत्र वितरण गरिएको थियो । परिक्षण कार्यक्रममा मुख्य प्रशिक्षक अर्यालले समाचार फिचर लेखन सम्बन्धि प्रशिक्षण दिएका थिए भने नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले पत्रकार सुरक्षा, लैङ्गीक समावेशिता र समताका बिषयमा प्रशिक्षण पनि दिएका थिए ।

      

तपाईको प्रतिक्रिया