कृषि फर्मबाट मनग्य आम्दानी गर्दै कृष्ण रमौली  


सुर्खेत । रोजगारीका लागि लाखौँ नेपाली दाजुभाई तथा दिदिबहिनी बाहिरी देशमा जाने गर्दछन् । नेपालमा रोजगारी भएन, हामीले गर्ने ठाउँ पाएनन् जस्ता गुनासो उनिहरुका हुन्छन् । विदेशमा लाखौँ मध्ये कतिले राम्रा अवसर पाए पनि धेरैले दुख पाएका हामीले देखिरहेका छौँ । कतिले विदेशमा सिकेको ज्ञान र कमाएको पैसा लगानी गरी पेसा व्यवसाय गरेका छन् । तर धेरै युवाको अवस्था जस्ताको त्यस्तै रहेको हामीले देख्दै आईरहेका छौँ । यही अवस्थामा सुर्खेतमा एक जनाले शुन्य लगानीमा कृषि तथा पशुपन्छी फर्म सञ्चालन गरीरहेका छन । उनकोे फर्मको नाम हो, प्रिस किला कृषि तथा पशुपन्छी ।
लेकवेशी नगरपालिका ५ नेटामा रहेको फर्मबाट बार्षिक ४ लाख बढी कमाउछन् कृष्ण बहादुर रमौली । स्थायी घर सिन्धुली भए पनि हाल सुर्खेत लेकवेशी नगरपालिकामा बस्दै आएका छन् रमौली । उनी पहिले नेपाली सेनामा कार्यरत थिए । आफ्नै ठाउँमा केही गर्न सकिन्छ, भनी अठोटका साथ लागेका रमौलीले आज भन्दा ७ बर्षअघि शुन्य लगानीमा एक वटा बंगुर र एक वटा ब्रोइलर कुखुराबाट कृषि तथा पशुपन्छी फर्म संचालन गरे । उनको व्यवसायले अहिले बार्षिक ४ लाख बढि कमाउँने गरेको छ । उनको फर्ममा विभिन्न प्रकार लोकल कुखुरा, गिरिराज जातका कुखुराहरु छन् । यस्तै फर्ममा चर्चित जातका बंगुर लगायत पशुहरु पनि प्रशस्तै मात्रामा पाईन्छन् । साथै त्यति मात्रै हाईन उनले एक जनालाई सोही फर्ममा रोजगारी पनि दिएका छन् ।
सो फर्मबाट अण्डा, बच्चा र मासु पाउँनुका साथै अन्य व्यवसाय गर्न चाहाने इच्छुक किसानलाई प्राविधिक सल्लाह समेत दिइने फर्म सञ्चालक रमौलीले बताए । सुरुमा एक वटा ब्रोइलर र बंगुरबाट फर्म संचालन गरेकोमा अहिले करिव १६ देखि २० सम्म पशुपन्छी रहेका छन् । उनको घरमा ३ जना परिवार रहेका छन् । फर्मको काममा कहिले काँही परिवारले पनि सहयोग गर्ने गर्दछन् । सिन्धुलीमा वि।स २०३३ सालमा जन्मिएका रमौलीले सुर्खेतमा नमुना काम गरेर देखाएका छन् । उनि भन्छन सानो लगानीमा पनि मनग्ये आम्दानी गर्न सकिन्छ ।

 

नेपालमै यस्ता पेसा व्यवसाय गर्न सके खाँडीको ९० डिग्रि घाममा पसिना चुहाउन पर्दैन । पहिले एउटा पनि बंगुर नपाल्ने गाउँमा अहिले उनको कृषि फर्म देखेर प्रत्येक घरमा ३ देखि ५ वटा बंगुर पाल्ने गरेका छन् । समुदायमा बाट पनि उनले राम्रो हौसला पाएको तथा आफुहरुले पालेका पशुपन्छीबाट उत्पादित मल प्रयोग गरेर अर्गानिक फलफुल, तरकारी र माछापालन गर्ने योजना बनाएका छन् । तर उत्पादित तरकारी, फलफुलका साथै कुखुरा, चल्ला, अण्डा, मासुको लागि बजारीकरण तथा अन्तराष्ट्रिय निर्यातका लागि सरकारले पहल नगर्दा समस्या भएको उनको भनाई छ । यसतर्फ सरकारले आफुलाई अहिले सम्म पनि कुनै अनुदान सहयोग नगरेको उनले गुनासो गरेका छन । टोलमा बंगु पालन, ब्रोइलर पािलन समुह गठन गरेको भए हामीलाई धेरै सहज हुने थियो । सरकारले छिट्टै यो समस्यालाई ध्यान दिए कृषिप्रधान नेपालको समृद्धी र विकास हुने रमौली बताउँछन् ।

 

तपाईको प्रतिक्रिया