फुर्सदका विद्यार्थी अहिले उपप्रध्यापक  


हामी सबैको लागि समय अमुल्य छ । समय कसैलाई पर्खदैन । समय सबैको लागि बराबर हुन्छ । समय बितेको पत्तै हुँदैन । समयको सदुपयोग गरे धेरै कुरा गर्न सकिन्छ । समय बलवान हुन्छ । समयले सबै कुरा बताउँछ । समयको बारेमा यी र यस्ता धेरै सत्यहरु हामीले सुनेका छौं । जसमा पहिलेका एक फुर्सदका विद्यार्थी अहिले मध्यपश्चिम विश्व विद्यालयका उपप्रध्यापक दुर्गा प्रसाद सापकोटासँग गरीएको कुराकानी :
बाल्यकाल
दैलेखको चामुन्डाविन्द्रासैनी नगरपालिकामा २०२९ पुस १ गते सामान्य परिवारमा जन्मेका यि हुन् दुर्गा प्रसाद सापकोटा । उनका वुवाको नाम पद्यमा लाल सापकोटा र आमाको नाम मोहन कुमारी सापकोटाका सातौँ सन्तान हुन् दुर्गा प्रसाद सापकोटा उनलाई जिन्दगीमा दुःख कष्टहरु धेरै आए उनको जिन्दगी यसरी सुरु हुन्छ ।

दुःख र पढाई  
दुर्गा २०२९ सालमा जन्मिए । उनी सात बर्षको भएपछि विद्यालयमा भर्ना भए । सानै उमेरमा घर नजिकैको चामुण्डा विन्द्रासैनी नगरपालिकामा रहेको भैरव प्रा.वि मा भर्ना भएर पढाई सुरुवात गरे । त्यो २०३६ सालको कुरा हो । त्यसपछि २०४७ सालमा उनले मा.वि स्तरको पढाई चामुण्डा मा.वि छाडाकोटमा पढेको अनुभव सुनाए । त्यतिबेलाको समयमा एसएलसीकोे परिक्षा केन्द्र विभिन्न ठाउँमा हुने भएको हुँदा कक्षा कोठाको जाँच परिक्षा पास गरेका विद्यार्थीले विजय मा.वि दुल्लुमा परिक्षा दिने व्यवस्था भएको कुरा पनि उनले भुलेका रहेनछन् । त्यो २०४७ सालको कुरा हो । उनले २०४७ सालको परिक्षामा उनी उर्तिण हुन् सकेनन् । उनले २०४८ सालमा एसएलसी पास गरे । २०४८ र २०४९ सालमा ११ र १२ कक्षाको प्रतिक्षामा बसे । तर उनको ठाउँमा उच्च मा.विको पढाई हुने विद्यालयमा नभए पछि आफ्नो गाउँ छोडेर सुर्खेतको वीरेन्द्रनगरमा प्रवेश गरे । वीरेन्द्रनगरमा आएर वीरेन्द्रनगर बहुमुखी क्याम्पसमा आईएल पढे । यहाँ उनले निरन्तर २ वर्षसम्म पढे । २०५३ सालमा पढ्दा पढ्दै उनका बुवा विरामी भए। विरामी बुवाको उपचार गर्दा गर्दै बुवाको निधन भयो । उनी बुवाको रेखदेख काजक्रियामा व्यस्त भए । उनलाई जिवनमा झन जिम्मवारी थपियो । तर पनि हार नमानेर २०५५ देखि २०५८ सालसम्म उनी पुनः पढ्नको लागि बाँकेको नेपालगञ्जमा गए । त्यहा गई उनले महेन्द्र बहुमखी क्याम्पसमा बिएल पढ्का रहेछन् ।

जागिरको लक्ष्य
अरु सबैको सरकारी जागिरी खाने निजामति सेवामा प्रवेश गर्ने सोच हुन्छ । तर उनको त्यो सोच थिएन । उनी सानै देखि पेसा व्यवसाय गर्ने सोच बोकेका मान्छे हुन् । तर उनले एम.ए पास गरेको, प्रतिष्ठान र आफु सँग भएको ज्ञान अरुलाई दिनको लागि अरुलाई अशिक्षित व्यक्तिलाई शिक्षित बनाउनको लागि २०६९ साल पुस ३ गते बाट आशिंक समयको लागि जागिरी सुरु गरे । त्यसपछि २०७० माघ १५ मा करार र २०७४ पुस १० गते स्थायी रुपमा मध्यपश्चिम विश्व विद्यालयमा नियुक्त भए । उनी अहिले मध्यपश्चिम विश्व विद्यालयको उपप्रध्यापकमा कार्यरत छन् ।

जागिरसँगै व्यवसाय  
उनले जागिरसँगै व्यवसाय पनि गरीरहेका छन् । उनको पहिलो सोच भनेकै पेसा व्यवसाय गर्ने थियो । त्यसैले उनले २०५६ साल देखि पेसा व्यवसाय गर्दै आएका छन् । साथै उनले २०५९ सालदेखि २०६१ सम्म पत्रकारिताको काममा पनि व्यस्त भएको अनुभव सुनाए । २०६१ सालमा उनी छरछिमेक साप्ताहिक पत्रिकामा उपसम्पादकमा रहेर काम गरेका पत्रकार हुन् । उनले आगामी गुणस्तरिय सेवा प्रवाहको योजनाहरुमा आफु निसल्कं भएर जिउन चाहान्छन । आफु पहिलेदेखि नै भ्रष्टचारको विरुद्धमा लागेको अभियन्ता भएकाले भ्रष्टचार सामाजिक अपराध हो । यसलाई शुन्यमा झार्न आफु तत्पर रहने बताउछन् । २०५६ साल देखी ल फर्म मार्फत कानुनी सेवा समेत दिदै आएका छन् ।

 

तपाईको प्रतिक्रिया