मेरो ८ मत हरायो, नतिजा घोषणा नहोस् : कुमार राना

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं स्याङ्जा क्षेत्र न १ (ख) प्रदेशसभा सदस्य पदका उम्मेदवार बुद्धिबहादुर राना (कुमार)ले निर्वाचनको नतिजा स्वीकार्य नभएको बताउनुभएको छ । उहाँले मतगणना गर्ने क्रममा ८ मत हराएको भन्दै पुनः मतगणना गरेर मात्रै नतिजा सार्वजनिक गर्नुपर्ने बताउनुभएको छ । भर्खरै सकिएको मतपरिणामअनुसार नेकपा (एमाले) का सुधीर पौडेल निर्वाचित हुनुभएको छ। उहाँले नेपाली कांग्रेसका बुद्धिबहादुर राना (कुमार)लाई ६ मतले पराजित गर्नुभएको थियो । रानाले १७ हजार ४ सय ३५ मत प्राप्त गर्दा पौडेलले १७ हजार ४ सय ४१ मत प्राप्त गर्नुभएको छ । रानाले आफ्नो ८ मत हराएकोले पुनरावेदनमा समेत जाने बताउनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयले जबरजस्ती नतिजा घोषणा गरेको खण्डमा स्वीकार्य नहुने पनि रानाले बताउनुभएको छ ।


तपाईको प्रतिक्रिया