उद्योग दिवसको अवसरमा भेरीगंगाका ७ उद्यमी सम्मानित

बिनोद घिमिरे भेरीगंगा ।  आठौं उद्योग दिवसको अवसरमा नगरपालिका अन्तरगतको उद्योग विकास तथा सहकारी शाखाले उद्यमी तथा कृषकलाई सम्मान गरेको छ । उत्कृष्ट उद्यमी तथा कृषकको रुपमा रहेका भेरीगंगा नगरपालिका भित्रका ७ जनालाई सम्मान गरिएको शाखाले जनाएको छ । दिवसको अवसरमा शुक्रबार आयोजित एक कार्यक्रमका बिच प्रत्येक उद्यमी तथा कृषकलाई नगद रु ५ हजार, दोसल्ला ओडाएर कदरपत्रले सम्मान गरिएको शाखा प्रमुख चित्रा डाङ्गिले बताईन । शाखाले गरेको सम्मानले उद्यमतर्फ उन्मुख हुन थप हौसला प्रदान भएको उद्यमीहरुले बताएका छन । कार्यक्रममा भेरीगंगा नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकाल, उप प्रमुख धनसरा बोहोरा, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पोख्रेल,लेखा अधिकृत मान बहादुर ठाडा, उद्योग विकास तथा सहकारी शाखा प्रमुख चित्रा डाङ्गी, घरेलु महासंघ भेरीगंगाका अध्यक्ष रघुवीर मिजार,उधोग वाणिज्य संघ भेरीका उपाध्यक्ष पुर्ण खत्री , योजना तथा अनुगमन शाखा प्रमुख पिताम्बर पौडेल, उद्यम विकास सहजकर्ता लाल बहादुर कार्की, सुनिता जैसी लगाएत विभिन्न उद्यमी तथा कृषकहरुको उपस्थिती रहेको थियो ।

No description available.No description available.No description available.


तपाईको प्रतिक्रिया