कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री शाही कालीकोटबाट निर्वाचित

कालीकोट । प्रतिनिधि सभा सदस्यका लागि कालीकोटबाट नेकपा (माओवादी केन्द्र) का महेन्द्रबहादुर शाही विजयी भएका छन्। सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका शाही २४ हजार २७४ मतसहित विजयी बनेका हुन् । उनका निकटतम प्रत्यासी नेकपा एमाले एमालेका नगिन्द्र शाहीले १६ हजार ४१० मत हासिल गरेका छन् । उनीहरुबीच आठ हजार ६४ मतको अन्तर छ ।

 

 


तपाईको प्रतिक्रिया