सुर्खेत २ प्रदेश सभा (क) मा १ सय ८८ मत के भएको हो ?


सुर्खेत । निर्वाचन क्षेत्र नम्वर २ प्रदेश सभा (क) मा १ सय ८८ मत हराएको भन्दै सामाजिक संजालमा विभिन्न प्रतिक्रियाहरु आएका छन् ।
कर्णाली प्रदेश सुर्खेत,प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ प्रदेश सभा निर्वाचन क्षेत्र (क) मा रहेका १४ वडाहरुबाट खसेको जम्मा मत ४४ हजार ६ सय ६९ रहेकोमा, गणना मत र बदर मतलाई जोड्दा ४४ हजार ४ सय ८१ भएको भन्दै प्रदेश सभा (क) का मतदाताहरुले सामाजिक संजाललमा विभिन्न प्रतिक्रिया दिएका थिए । यस विषयमा जिल्ला निर्वाचन कार्यालय सुर्खेतमा मुख्य निर्वाचन अधिकृत विष्णु प्रसाद अर्यालले निर्वाचनमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीहरुले प्रतिनिधि सभाको समानुपातिक तर्फ मतदान गरेको र प्रत्यक्ष तर्फ मतदान नगरेको कारण मत फरक पर्न गएको बताएका छन् । प्रत्यक्ष तर्फ कुल खसेको मत गणना गरीयता कर्मचारी र सुरक्षाकर्मीले समानुपातिक तर्फ मतदान गरेको मत प्रत्यक्ष तर्फ गणना नहुँदा मत फरक पर्न गएको अर्यालको भनाई रहेको छ । कुल खसेको मत अनुसार १८८ मत प्रतिनिधीसभाको समानुपातिक तर्फको भएको हुदाँ मत अपुग हुन गएको अर्यालले जानकारी दिए । क्षेत्र नम्वर १ प्रदेश सभा (क) प्रत्यक्ष तर्फको पेटिकाहरुमा केही प्रदेश सभा (क) समानुपातिक तर्फका मत खसेको हुँदा अपुग हुन सक्ने अनुमान गरिएको छ । उक्त समानुपातिक मत बदर वा सदर कुनैमा पनि नजोडिने भएको हुँदा जम्मा संख्यामा अपुग हुन सक्ने देखिएको छ ।

 

तपाईको प्रतिक्रिया