जाजरकोटमा निर्वाचनका लागि छनोट भएका म्यादी प्रहरीको विदाई 

जाजरकोट । प्रतिनिधि तथा प्रदेश सभा चुनावका लागि भर्ना गरिएका म्यादी प्रहरीले ४० दिनको कर्तव्य पुरा गरेका छन । मंसिर ४ गतेको चुनावका लागि म्यादी प्रहरी भर्ना गरिएकोमा विहिवार जिल्ला प्रहरी कार्यालय जाजरकोटले विशेष कार्यक्रम गरि विदाई गरेको छ । जाजरकोटमा छनोट भई निर्वाचनमा खटिएका ८ सय ६० जना म्यादी प्रहरीको विदाई गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक सन्तोष निरौलाले विहिवार उनिहरुलाई प्रमाण पत्र सहित विदाई गरिएको जानकारी दिए । डिएसपी निरौलाले जिल्लामा चुनाव सम्पन्न गराउन र शान्ति सुरक्षा कायम राख्नमा म्यादी प्रहरीको भुमिका सह्राहनीय भएको बताए । नेपाल सरकारको सेवा सर्तमा रहि ४० दिन बराबरको सेवा सुविधा उपलब्ध गराउने गरी म्यादी प्रहरी भर्ना गरिएको थियो ।



तपाईको प्रतिक्रिया