अपेक्षा गरेभन्दा फरक नतिजा आयो : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले निर्वाचनमा अपेक्षा गरेभन्दा फरक नतिजा आएको बताएका छन् । रौतहटको निर्वाचन क्षेत्र नं . १ बाट निर्वाचित भएपछि सञ्चारकर्मीसँग अध्यक्ष नेपालले निर्वाचनमा आफूले सोचेको भन्दा कम नतिजा आएको बताए । उनले नतिजाले शिक्षा दिएको पनि बताए । उनले आगामी दिनमा निर्वाचनको परिणामको मूल्याङन गर्दै भएका कमिकमजोरी सुधार गर्दै अघि बढ्ने बताए । अब कसको सरकार बन्छ भनेर अहिले नै भन्न नसकिने भन्दै समयको माग अनुसार बन्न सक्ने उनको भनाइ छ । जनताले आफूलाई इमान्दारिता र निष्ठापूर्वक नै हेरेकाले जनताको विश्वासलाई पूरा गर्ने उनको दाबी छ । अध्यक्ष नेपालले ३३ हजार ५२२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अजयकुमार गुप्ताले २६ हजार ९२२ मत प्राप्त गरेका थिए ।



तपाईको प्रतिक्रिया