चितवन । चितवन क्षेत्र नम्बर २ बाट भारी मतान्तरले विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आजैबाट काम थाल्ने बताएका छन् । उनले निर्वाचन जितेपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस्तो बताएका हुन् । उनले राजनितिमा निर्वाचित हुनु भनेको आफ्नो विजयी नभई जाँच दिन जानका लागि समक्ष भएको बताएका छन् । राजनितिमा निर्वाचित हुनु भनेको आफ्नो विजयी नभई ‘यो त जाँच दिन जानका लागि सक्षम हुनु मात्र हो । म आजबाट जाँच दिन जाँदैछु, जसको नतिजा पाँच वर्षपछि मात्र आउँछ,’ उनले फेसबुक स्टाटसमा लेखेका छन् । लामिछानेले अहिले कुनै विजयी र्यालीको साटो बिहेवार ३ बजे भरतपुर–१० गेस्टहाउस चौर, शुक्रवार ११ बजे इच्छाकामना गाउँपालिका कार्यालय अगाडिको फुटबल ग्राउन्ड कुरिनटार र शुक्रवार नै ३ बजे कालिका नगरपालिकाको शहीद स्मृति क्याम्पस चौर पदमापुर कालीकामा धन्यवाद सभा गर्ने र सोही स्थानमा समस्या र सुझाव गरी दुईवटा पेटिका समेत राखिने बताएका छन ।
उक्त पेटिकामा ‘भ्रष्टाचारीका सूचना, मैले गर्नुपर्ने काम, मलाई खबरदारी लेखेर राख्नुहोला,’ लामिछानेले लेखेका छन, उनले धन्यवाद र्यालीमा आफूलाई फूलमाला र अबीर केही पनि नल्याउन मतदाताहरुलाई आग्रह गरेका छन् । यदि केही ल्याउने मन भए आफ्नै आगन अगाडि वा बाटोको एक थुंगो फल ल्याउन स्टाटस मार्फत जानकारी दिएका छन् । ‘माला, अबीर, खादामा हामीले गरेको खर्च प्रायः विदेश जान्छ । केही ल्याउनैपर्ने मन भए आफ्नै आँगन वा बाटोको एक थुंगा फूल भए मलाई पुग्छ ।’ उनले छिटोभन्दा छिटो आफू काममा लाग्न चाहेको समेत उल्लेख गरेका छन् । साथै भोट माग्नर्, याली गर्न आउन नभ्याएका ठाउँमा म काम गर्न आउने बताएका छन् ।



दर्शन खबर । ८ मंसिर २०७९, बिहीबार