चुनावी प्रतिवद्धता पुरा गर्ने गरी काम गर्नेछु : यामलाल कँडेल (भिडियाेसहित)

सुर्खेत । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् कणाली प्रदेश इन्चार्ज यामलाल कँडेलले आफुले घोषणा गरेका चुनावी प्रतिवद्धता पुरा गर्ने बताएका छन् । बिहिवार विहान सुर्खेत क्षेत्र नम्बर २ प्रदेशसभा क मा विजयी भए पछि प्रतिक्रिया दिदैँ उनले यस्तो बताएका हुन् । नेकपा एमालेले लिएका निति नियम, कार्यक्रम र एमालेका कार्यकर्ताले गरेको अथक प्रयासलाई वीरेन्द्रनगरवासीले विश्वास गरेर आफुलाई निर्वाचित गराएकोमा धन्यवाद दिदैँ उनले प्रदेश सभाको संरचनाको बनावट के कस्तो हुन्छ भन्ने कुराको टुंगो लगाउने बताए । गठबन्धन दल एमाले विरुद्ध एक एक ठाउँमा उभिएर आइरहेको अवस्थामा आगामी दिनमा गठबन्धन दलहरु के कसरी सरकारमा जान्छन् भन्ने कुराको निर्धारण नभएको अवस्थामा आफुले कुनै प्रतिक्रिया नदिने बताए । अन्तिम मतपरिणाम अनुसार कँडेलले १८ हजार ५ सय ६१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कालीप्रसाद शाक्यले १८ हजार ४ सय मत ल्याएका थिए । कँडेलले १६१ मतान्तरले शाक्यलाई पराजित गरेका हुन । कँडेल मुख्यमन्त्रीको दाबेदार हुन् ।

भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोस् ।

https://l.facebook.com/l.php?u=https%3A%2F%2Ffb.watch%2Fg_DVed7p0v%2F%3Ffbclid%3DIwAR2xTM5NFcNqti867WvcLh_wAB7CVjbCXdnF8gB1hAOfDW3mdl1excSVmmk&h=AT3eZ0VPx9Ty2jTGp7snEtx63FxY9uPOhJolYXFA4mWEuuG819PRrKyjtwuMjuYfG4Ydx_fCmrWpAU8iVxTqUksa5shgbEJoa1yumTyUtAnrZA1CjQj5hR7Xul9K5EzpBIfAPeXCuVivrVT82dE_1g

तपाईको प्रतिक्रिया