सुर्खेत १ (क) मा कांग्रेसका जिल्ला सभापति खड्ग पोखरेल विजयी

सुर्खेत। सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसका जिल्ला सभापति खड्ग पोखरेल विजयी भएका छन । विहिवार अन्तिम मतगणना अनुसार पोखरेलले १८ हजार २६३ मत ल्याउदा उनका निकटतम प्रतिस्पर्धी एमालेका ठम्मर विष्टले १५ हजार १८८ मत प्राप्त गरे । पोखरेलले नेकपा एमालेका विष्टलाई ३ हजार ७५ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन्।

तपाईको प्रतिक्रिया