सुर्खेत क्षेत्र नम्बर २ (क) : एमालेका कंडेल १६१ मतले निर्वाचित

सुर्खेत । सुर्खेत क्षेत्र नम्बर २ प्रदेशसभा (क) मा नेकपा एमालेका उम्मेदवार यामलाल कँडेल निर्वाचित भएका छन् । बिहीबार बिहान अन्तिम मत परिणाम अनुसार एमालेका उम्मेदवार कँडेलले १८ हजार ५ सय ६१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कालीप्रसाद शाक्यले १८ हजार ४ सय मत ल्याएका थिए । यस्तै नेकपा माओवादी केन्द्रका सूर्य बहादुर खत्रीले ३ हजार ६८५ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीका शिव प्रसाद उपाध्यायले १ हजार २७५ मत प्राप्त गरेका थिए । कँडेलले १६१ मतान्तरले शाक्यलाई पराजित गरेका हुन ।

तपाईको प्रतिक्रिया