सल्यानबाट एकीकृत समाजवादीका उम्मेदवार ज्वाला निर्वाचित

सल्यान। सल्यानबाट एकीकृत समाजवादीका उम्मेदवार प्रकाश ज्वाला निर्वाचित भएका छन्। बिहीबार बिहान सार्वजनिक अन्तिम मतपरिणाममा उनले स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहलाई पराजित गरेका हुन्। निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सल्यान क्षेत्र नं १ मा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उम्मेदवार प्रकाश ज्वालाले ३५ हजार ७०० मत ल्याई विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी स्वतन्त्रका उम्मेदवार राजेन्द्रबहादुर शाहलाई १५ हजार ९११ मतान्तरले पराजित गरेका हुन् । पराजित राजेन्द्रबहादुर शाहले १९ हजार ७८९ मत ल्याएका छन् ।त्यस्तै, एमालेका उमेदवार राजेन्द्र विर रायले १३ हजार २९ मत ल्याएका छन् ।

यस्तो छ अन्तिम मत परिणाम-

प्रकाश ज्वाला/एकीकृत समाजवादी- ३५७००
राजेन्द्रबहादुर शाह/स्वतन्त्र- १९७८९
राजेन्द्रवीर राय/एमाले- १३०२९

 

तपाईको प्रतिक्रिया