कर्णालीमा माओवादी खाता खोल्न सफल,सल्यान (क) बाट शर्मा विजयी

सल्यान। नेकपा माओवादी केन्द्रले कर्णालीमा बल्ल खाता खोलेको छ । सल्यान (क) बाट माओवादीका भीमप्रकाश शर्मा विजयी भएसँगै माओवादीले प्रदेशमा आफ्नो उपस्थिति जनाएको हो । शर्माले एमालेका कुलबहादुर गिरीलाई पराजित गरेका हुन् । उनले गिरीलाई ८ हजार १४ मतान्तरले पराजित गरेका हुन् । शर्माले २२ हजार २४३ मत प्राप्त गर्दा एमालेका गिरीले १४ हजार २२५ मत पाए ।

तपाईको प्रतिक्रिया