दैलेख २ बाट कांग्रेसका दिक्पाल शाही निर्वाचित

दैलेख। दैलेख क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले २३ वर्षपछि निर्वाचन जितेको छ। यहाँ प्रतिनिधि सभामा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार दिक्पाल कुमार शाही निर्वाचित भएका छन्। बिहीबार विहान सम्पन्न मतगणना अनुसार शाही १५३ मत अन्तरसहित विजयी भएका हुन्। उनले २० हजार १५८ मत ल्याएका छन्। शाहीका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मी प्रसाद पोख्रेलले २० हजार ५ मत ल्याए।


तपाईको प्रतिक्रिया