एमालेले कर्णाली प्रदेश क्षेत्रमा खाता खोल्यो, टेकराज पछाई विजयी

जुम्ला । जुम्ला प्रदेश २ मा नेकपा एमालेका टेकराज पछाई विजयी भएका छन् । उनले गठबन्धनका उम्मेदवार पदमबहादुर रोकायालाई पछि पार्दै विजयी भएका हुन् । पछाईले ७ हजार ८ सय २७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका पदमबहादुर रोकायाले ६ हजार ७ सय १५ मत प्राप्त गरेका थिए । पछाईले गठबन्धनका रोकायालाई एक हजार एक सय १२ मतान्तरले पराजित गरेका छन् ।


तपाईको प्रतिक्रिया