जाजरकोट । नेकपा माओवादी केन्द्रबाट जाजरकोटका उम्मेदवार रहेका शक्ति बस्नेतले सुरुवाती चरणदेखि नै अग्रता कायमै राखेको छन् । पूर्व गृहमन्त्री समेत रहेका बस्नेत जाजरकोटबाट प्रतिनिधि सभाका उम्मेदवार छन् । मंगलबार अपराह्न ४ बजेसम्मको मतपरिणाम अनुसार ्र बस्नेतले ५३८० मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार निरज आचार्यले ३४५० मत प्राप्त गरेका छन् । अहिलेसम्मको परिणाम अनुसार बस्नेत र आचार्यबीच १९३० को मतान्तर छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उम्मेदवार दीपक खनालले ४५ मत प्राप्त गरेका छन । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजबहादुर शाहीले २३ मत प्राप्त गरेका छन् र स्वतन्त्र उम्मेदवार नरबहादुर कार्कीले २९ मत प्राप्त गरेका छन् ।


दर्शन खबर । ६ मंसिर २०७९, मंगलवार