३ हजार १ सय ९० मतान्तरले थानीको अग्रता कायमै

सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ ४० ९ सय मत गणना गर्दा कांग्रेसले अझै पनि आफ्नो फराकिलो अग्रता कायमै राखेको छ । मंगलवार अपराह्न ४ः१७ बजकोे अपडेट अनुसार कांग्रेसका हृदयराम थानीले १८ हजार ७ सय ७८ मत प्राप्त गरेका छन भने उहाका निकट्तम प्रतिद्धन्द्धी एमालेका अमृत विसीले १५ हजार ५ सय ८८ मत प्राप्त गरेका छन । यस्तै राप्रापा (हलो) ले १५५२ , राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) ले २३०६ जसपा (छाता) ले २२७९ , स्वतन्त्र (लाटोकोसेरा) ले २७ , नेमकिपा (मादल) ले १४३ र स्वतन्त्र (तिर) ले १८३ मत प्राप्त गरेका छन् । यँहा २ हजार ६४ मत बदर भएका छन ।


तपाईको प्रतिक्रिया