कालीकोटमा फेरि माओवादीका शाहीले लिए अग्रता

कालीकोट। प्रतिनिधि सभातर्फ कालीकोटमा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले अग्रता लिएका छन्। सुरूआती अग्रता लिएका एमालेका उम्मेदवार नगेन्द्र शाहीलाई उछिन्दै उनले अग्रता लिएका हुन्। १ हजार १२ मत गनिसक्दा माओवादीका शाहीले ५७५ मत ल्याएका छन्। एमालेका उम्मेदवार नगेन्द्र शाहीले ३२६ मत ल्याएका छन्। राप्रपाका राप्रपा धनबहादुर बुढाले ३१, नेमकिपाका खड्गराज शाहीले २१, स्वतन्त्र उम्मेदवार काँशिचन्द्र बरालले २१ मत ल्याएका छन्।


तपाईको प्रतिक्रिया