सुर्खेत। सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ २५ हजार ३ सय २१ मत गणना गर्दा कांग्रेसले अहिले सम्म अग्रता कायमै राखेको छ । ७ : ४० को अपडेट अनुसार कांग्रेसका हृदयराम थानीले ११ हजार ८ सय ८५ मत प्राप्त गरेका छन भने एमालेका अमृत विसीले ९ हजार ४ सय ४३ मत प्राप्त गरेका छन । यस्तै राप्रापा (हलो) ले ८६८ , राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) ले १ हजार ३ सय ८३ , जसपा (छाता) ले १४२ , स्वतन्त्र (लाटोकोसेरो) ले १८, नेमकिपा (मादल) ले १०७ र स्वतन्त्र (तिर) ले१०५ मत प्राप्त गरेका छन् । यँहा १ हजार ३ सय ४६ मत बदर भएका छन ।


दर्शन खबर । ६ मंसिर २०७९, मंगलवार