जुम्ला । जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले फराकिलो मत अन्तरले अग्रता कायम राख्नुभएको छ । ६ हजार ९२७ मत गणना हुँदा शाहीले ४ हजार ९१ मत पाउनुभएको छ। नेकपा माओवादी केन्द्रकी उम्मेदवार गोमा कुँवरले १ हजार ४४९ मत पाउनुभएको छ। ज्ञानेन्द्र गोमाभन्दा २ हजार ६४२ मतअन्तरले अगाडि हुनुहुन्छ। पहिलो पटक संसदीय निर्वाचन लड्नुभएका शाही राप्रपाका प्रवक्तासमेत हुनुहुन्छ ।
नेकपा एमालेका उम्मेदवार रतननाथ योगीले ७९८ र नेपाल मजदुर किसान पार्टीका डिल्ली प्रसाद काफ्लेले १४९ मत पाउनुभएको छ । जुम्लामा २०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रका गजेन्द्र महत विजयी हुनुभएको थियो।
जुम्लाका ६८ हजार मतदातामध्ये करिब ६५ प्रतिशत खसेको थियो ।


दर्शन खबर । ६ मंसिर २०७९, मंगलवार