जाजरकोटमा सर्वदलीय बैठक जारी

जाजरकोट । जाजरकोटमा सर्वदलीय बैठक जारी रहेको छ । सबै मतदान केन्द्रबाट मत पेटिका संकलन भइसकेकाले सर्वदलीय बैठक बसेको हो । सर्वदलीय बैठकपछि जिल्ला सदरमुकाम खलङ्गामा मत गणना हुने भएको छ । सात पालिकारहेको जाजरकोटमा ६३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय जाजरकोटका निमित्त निर्वाचन अधिकारी नविन कुमार कठायतले जानकारी दिए । जसअन्तरगत भेरी नगरपालिकामा १३ हजार ६ सय ४१, नलगाड नगरपालिकामा १० हजार २ सय ८१, बारेकोट गाउँपालिकामा ८ हजार ३ सय ४०, कुशे गाउँपालिकामा ७ हजार ५ सय ३, छेडागाड नगरपालिकामा १३ हजार ४ सय १८, जुनिचाँदे गाउँपालिकामा ७ हजार ६ सय ६७ र शिवालय गाउँपालिकामा ५ हजार १७ मत खसेको अधिकारी कठायतले जानकारी दिए ।


तपाईको प्रतिक्रिया