सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ अन्गरर्गतको सिम्तामा स्थगित भएको मतदान भोलि हुने भएको छ। बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने भएको हो।आइतबार भएको मतदान प्रक्रियामा प्रतिनिधिसभाको मतपत्र प्रदेशसभाको मतपेटिकामा खसाएपछि विवाद मतदान स्थगित भएको थियो । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको मतपत्र प्रदेश सभा पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीको मतपेटिकामाभुलवस खस्न गएको र राजनैतिक दलहरुबिच सहमति हुन नसकेपछि मतदान स्थगित भएको थियो।


दर्शन खबर । ५ मंसिर २०७९, सोमबार