दैलेखमा एमालेका शर्मालाई अग्रता

दैलेख। दैलेखको प्रतिनिधि सभा क्षेत्र–१ मा नेकपा एमालेका रविन्द्रराज शर्माले सुरुआती अग्रता लिएका छन्। ८२४ मत गणना हुँदा शर्माले ४२१ मत प्राप्त गरेका छन्। उनलाई लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार अम्मरबहादुर थापाले पछ्याइरहेका छन्। थापाले ३१९ मत प्राप्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्तीकुमारी शाहीले २०, राष्ट्रिय जनमोर्चाका प्रकाश गुरुङले १९ र राष्ट्रिय स्वतन्त्र पार्टीका इन्द्रप्रसाद शर्माले चार मत प्राप्त गरेका छन्। यस्तै प्रदेशसभा ‘क’मा पनि एमालेले अग्रता लिएको छ। एमालेका उम्मेदवार धर्मराज रेग्मीले ४९१ मत प्राप्त गर्दा नेपाली कांग्रेसका पूर्णबहादुर खत्रीले ३२० मत प्राप्त गरेका छन्।


तपाईको प्रतिक्रिया