प्रहरी सवार जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

बैतडी। बैतडीमा प्रहरी सवार जिप दुर्घटनामा परेको छ ।जिल्ला सदरमुकाम बैतडी बाट पाटन तिर जान लागेको जिप दुर्घटना ६ जनाको मृत्युु हुनुका साथै सात जना गम्भीर घाइते भएको बताइएको छ । दुर्घटनामा ज्यान गुमाउने सबै नेपाल प्रहरी रहेको जानकारी प्राप्त भएको छ । दशरथचन्द राजमार्गमा पर्ने पाटन ४ स्थित थूम भन्ने स्थानमा आज बिहान अन्दाजी ७ बजेको समयमा से १ ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो । मृतक नवजवान रहेको बताएको छ ।


तपाईको प्रतिक्रिया