सुर्खेतमा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न

सुर्खेत। सुर्खेतमा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ । जिल्लामा एक सय ३९ वटा मतदान स्थल र २९३ मतदान केन्द्रमा रहेकोमा सिम्ता गाउँपालिकाको ६ नम्बर स्थित सिम्ता बहुमुखी क्याम्पसको मतदान केन्द्र बाहेक अरु सबै ठाउँमा एकै पटक शान्तिपुर्ण मतदान सम्पन्न भएको हो । दुई वटा प्रतिनिधि सभा र चार वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा दुई लाख ४३ हजार ६१४ मतदाता रहेका छन् । सुर्खेत क्षेत्र नम्बर १ मा एक लाख २० हजार ९ सय ४० र क्षेत्र नम्बर २ मा एक लाख २२ हजार ६ सय ७४ मतदाता रहेका छन । जसअन्तरगत सुर्खेतमा ६० प्रतिशत मात्रै मत खसेको छ ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार आइतवार सम्पन्न निर्वाचनमा सुर्खेतमा ६० प्रतिशत मत खसेको हो । ७० देखि ८० प्रतिशत मत खस्ने आकंलन गरिएपनि ६० प्रतिशत मात्रै मत खसेको प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दुर्गा प्रसाद चालिसेले जानकारी दिए । सिम्तामा भने प्रदेश सभातर्फको मतपत्रमा प्रतिनिधि सभाको मतपत्र भेटिएपछि हाललाई मतदान स्थगित भएकोे छ ।

 


तपाईको प्रतिक्रिया