सुर्खेत सिम्तामा हालका लागि मतदान स्थगित

सुर्खेत। सुर्खेतकोे एउटा मतदान केन्द्रमा मतदान कार्य स्थगित गरीएको छ । सिम्ता गाउँपालिका वडा ६ स्थित सिम्ता बहुमुखी क्याम्पस राकमको मतदान स्थगित गरिएको हो । प्रतिनिधिसभाको मतपत्र प्रदेशसभाको मतपेटिकामा खसाएपछि विवाद उत्पन्न हुँदा साँढे १२ बजेदेखि मतदान रोकिएको थियो । तर निर्वाचन अधिकृतको कार्यालयले उक्त मतदान केन्द्रमा हालका लागि मतदान स्थगित गरिएको सूचना जारी गरेको छ ।

सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ का मुख्य निर्वाचन अधिकृत उपेन्द्र केशर खनालले उक्त स्थानमा तत्काल मतदान हुने अवस्था नभएको बताए । निर्वाचन अधिकृत खनालले विवाद समाधानका लागि दलहरूबीच सहमति हुन नसकेको हुँदा मतदान स्थगित गरीएको जानकारी दिए ।


तपाईको प्रतिक्रिया