सुर्खेत । सुर्खेतमा ५३ प्रतिशत मत खसेको छ । अपराह्न ४ बजेसम्म जिल्लाभरमा ५३ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले जानकारी दिए । जिल्लामा एक सय ३९ वटा मतदान स्थल र २९३ मतदान केन्द्र छन । दुई वटा प्रतिनिधि सभा र चार वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा दुई लाख ४३ हजार ६१४ मतदाता रहेका छन । सुर्खेत क्षेत्र नम्बर १ मा एक लाख २० हजार ९ सय ४० र क्षेत्र नम्बर २ मा एक लाख २२ हजार ६ सय ७४ मतदाता रहेका छन । आइतबार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ ।
बिहान कम मत खसेपनि दिउँसो देखि मत संख्या बढेको उनको भनाई छ । सुर्खेतको सिम्ता गाउँपालिकाको ६ स्थित सिम्ता बहुमुखी क्याम्पसको मतदान केन्द्रमा प्रदेश सभातर्फको मतपत्रमा प्रतिनिधि सभाको मतपत्र भेटिएपछि मतदान स्थगित भएकोे छ भने अन्य ठाउँमा भने शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।




दर्शन खबर । ४ मंसिर २०७९, आईतवार