सुर्खेत । जारी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कर्णालीका ३४८ जना कैदीबन्दीले मतदान गरेका छन् । आइतबार कैदीबन्दीले प्रतिनिधिसभातर्फको समानुपातिकमा मतदान गरेका हुन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार सुर्खेतमा १ सय १, डोल्पामा १४, दैलेखमा ६३, रुकुम पश्चिममा ६६, जाजरकोटमा ३२, कालीकोटमा २३, सल्यानमा १८, जुम्लामा १४ र हुम्लामा १७ कैदीबन्दी मतदानमा सहभागी भएका हुन् ।


दर्शन खबर । ४ मंसिर २०७९, आईतवार