जाजरकोट । प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि जारी मतदानमा जाजरकोटमा ३७ प्रतिशत मत खसेको छ । दिउँसो २ बजेसम्म जाजरकोटमा ३७ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय जाजरकोटले जनाएको छ ।
सात स्थानीय तह रहेको जाजरकोटमा ८३ मतदानस्थल, एक सय ४२ र एक अस्थायी मतदान केन्द्र रहेका छन । जाजरकोटमा एक लाख तिन हजार तिन सय ६३ मतदाता छन् । जसअन्तरगत क्षेत्र नम्बर एकमा ५६ हजार ५ सय ६८ र क्षेत्र नम्बर २ मा ४६ हजार ४ सय ९५ जना रहेको जिल्ला निर्वाचन कार्यालय जाजरकोटका निमित्त जिल्ला निर्वाचन अधिकारी नविन कुमार अधिकृत कठायतले बताए । आइतबार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ ।


दर्शन खबर । ४ मंसिर २०७९, आईतवार