हुम्लाको डाँफे मतदान केन्द्रमा झडप

हुम्ला । हुम्लाको चङ्खेली गाउँपालिका वडा नम्बर ५ को डाँफे मतदान केन्द्रमा झडप हुँदा त्यहाँ कार्यरत एकजना असई घाइते भएका छन् । घाइते हुनेमा सहायक निरीक्षक (असई) रामकुमार चौधरी रहेको हुम्लाका प्रमुख जिल्ला अधिकारी सिता परियारले जानकारी दिनुभयो। वारेसनामा भोट हाल्न नदिएको भन्दै झडप भएको थियो । उहाँका अनुसार झडपलाई नियन्त्रण गर्नका लागि अहिले मतदान रोकिएको छ।


तपाईको प्रतिक्रिया